लाइभ समाचार पढ्दा पढ्दै समाचार वाचीकाको दाँत भाँचिएपछि (भिडियो) « Khabarhub

लाइभ समाचार पढ्दा पढ्दै समाचार वाचीकाको दाँत भाँचिएपछि (भिडियो)


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लाइभ न्युजका क्रममा धेरै पटक टेलिभिजन प्रस्तोताहरूले अनौठो अवस्थाको सामना गर्नुपर्ने हुन्छ । तर, यसपछि पनि उनीहरू ती प्रतिकूल परिस्थितिसँग डराउँदैनन् । अहिले सामाजिक सञ्जालमा एउटा यस्तै भिडियो भाइरल भइरहेको छ । जसमा एक समाचार वाचीकाले निकै अनौठो अवस्थाको सामना गर्नुपर्‍यो ।

भाइरल भिडियोमा एक महिला प्रस्तोताले समाचार पढिरहेकी देख्न सकिन्छ । तर यसै क्रममा उनीले केही अनौठो परिस्थितिको सामना गर्नुपर्यो । तथापि ती प्रस्तोताले समाचार पढ्न भने छाडिनन् र आफ्नो काम राम्ररी पूरा गर्न सफल भइन् ।

भाइरल भिडियो युक्रेनकी एक समाचार वाचीकाको हो । भिडियोमा उनले लाइभ समाचार पढिरहेको देखिन्छ । तर यस क्रममा उनको अचानक दाँत भाँचिन्छ । तर, यो घटनाले उनलाई विचलित पारेन । उनले काममा बाधा नपारी समाचार पढ्दै गर्दा हातबाट भाँचिएको दाँत निकालेपछि पनि नरोकी जिम्मेवारी पूरा गरिन् । यस अवधिमा उनले एक सेकेन्डका लागि पनि समाचार पढ्न भने छाडिनन् ।

भिडियो हेर्नुहोस् : 

 

रोचक त के छ भने यो भिडियो ती महिला प्रस्तोताले आफैले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरिन् । उनले पोस्टमा एक दशकअघि आफ्नी छोरीले दाँतमा फलामको घडी ठोकेका कारण दाँत भाँचिएको र नयाँ दाँत लगाउनु परेको लेखेकी छन् ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ६ : १४ बजे

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ