माओवादी नेता श्रेष्ठलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

माओवादी नेता श्रेष्ठलाई कोरोना संक्रमण


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन् । साथै उनले आफू १४ दिन होम आइसोलेसनमा बस्ने भन्दै पछिल्ला केही दिन आफूसँग सम्पर्कमा आएकाहरुमा सावधानी अपनाउन आग्रहसमेत गरेका छन् ।

‘पीसीआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु ।’ उनले फेसबुकमा लेखेका छन्।

यसअघि पार्टीका केही नेताहरुलाई कोरोना संक्रमण भएको भन्दै पार्टीको बैठकसमेत स्थगित गरिएको थियो।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ९ : १६ बजे

बुढानीलकण्ठ नगरपालिका : स्वास्थ्य क्षेत्रमा यसरी गर्दैछ सुधारको प्रयास

काठमाडौं– काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ मा स्वास्थ्य

फिल्म निर्देशनमा ‘तक्मे बूढा’, हिरोमा धिरज फाइनल

काठमाडौं – कलाकार विल्सनविक्रम राई ‘तक्मे बूढा’ ले फिल्म निर्देशनमा

दशैँअघि बस्ने केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति तोक्छ : गगन थापा 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बडादसैं अगाडि बस्ने आगामी

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिनेछ : मन्त्री पौडेल

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सशस्त्र सङ्घर्ष, जनआन्दोलन तथा

क्रियाशील सदस्यता नवीकरणमा आत्तिनु पर्दैन : गगन थापा 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता नवीकरणमा पार्टी