क्रिकेटर करण पुलिसमा आबद्ध « Khabarhub

क्रिकेटर करण पुलिसमा आबद्ध


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर करण केसी नेपाल पुलिस क्लबमा आबद्ध भएका छन् ।

नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटवालले करण पुलिसमा आबद्ध भएको पुष्टि गरे ।

‘नेपाल राष्ट्रिय क्रिकेट टिमको सर्वोत्कृष्ट अलराउन्डर करण के.सी. नेपाल पुलिस क्लबमा आबद्ध हुनु भएकोमा उहाँलाई हृदय देखि स्वागत गर्दछौ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

२६ पुसमा सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टी-२० प्रतियोगिताका लागि उनी पुलिसमा आबद्ध भएका हुन् ।

हाल पुलिसमा दीपेन्द्र सिंह ऐरी, कप्तान मन्जित श्रेष्ठ, कुशल भुर्तेल लगायतका खेलाडी अनुबन्ध छन् ।

यसअघि प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुँदै आए पनि यस पटक टी-२० फर्म्याटमा हुन लागेको छ ।

नेपाली टिमले ओमानमा हुने आईसीसी टी-ट्वान्टी ग्लोबल छनोट खेल्ने भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता टी-२० फर्म्याटमा गरेको हो ।

 

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ६ : ४६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको