एमाले खोटाङ अध्यक्षमा रामप्रसाद दंगाल सर्वसम्मत « Khabarhub

एमाले खोटाङ अध्यक्षमा रामप्रसाद दंगाल सर्वसम्मत


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेकपा एमाले खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल चुनिएका छन् । शनिबार दिक्तेलको माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कबर्डहलमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट दंगाल सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।

नेकपा एमाले जिल्ला कमिटीको १० वैशाखदेखि १४ वैसाख २०७२ मा सम्पन्न छैठौं अधिवेशनबाट निर्वाचित अध्यक्ष बबी चाम्लिङ नेकपा एकीकृत समाजवादीमा लागेपछि जिल्ला कमिटीबाट अध्यक्षमा मनोनीत दंगाल अधिवेशनमार्फत अध्यक्ष बनेका हुन् ।

एमाले जिल्ला कमिटीको उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमारप्रसाद आचार्य, उपसचिवमा सुरेन्द्रकुमार राई र दिपनारायण रिजाल चयन भएका छन् । अधिवेशनले एमालेको ७५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।

‘सत्तालिप्साले जन्माएको गठबन्धनविरुद्ध एक होऔं, विकास, संवृद्धि र अग्रगतिका लागि सबै एमाले एक बनौं’ भन्ने नारासहित शुक्रबार सुरु भएको अधिवेशन प्रमुख सचेतक एवं पोलिटब्यूरो सदस्य विशाल भट्टराईले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ९ : ५० बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार