पाकिस्तानको पञ्जाबमा रेलले गाडीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु « Khabarhub

पाकिस्तानको पञ्जाबमा रेलले गाडीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार यात्रुवाहक रेलले गाडीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

घटना इस्लामाबादको भगिनी शहर रावलपिंडीमा बिहान भएको थियो । रेल मुल्तान जिल्लाबाट रावलपिंडी जाँदै थियो । उक्त दुर्घटना रेलले रेलवे क्रसिङ्ग नजिकै पार्क गरिएको गाडीमा ठोक्किदा भएको जनाइएको छ ।

दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुईजना घाइते थिए जसको पछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्रोतले जनाएको छ । मृतकहरू रावलपिण्डीका बासिन्दा रहेको र उनीहरुको शव पहिचानपछि आफन्तलाई बुझाइएको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  २ : ०५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना