नेपाल लाइफको सिनियर डीसीओमा प्रवीण रमण पराजुली « Khabarhub

नेपाल लाइफको सिनियर डीसीओमा प्रवीण रमण पराजुली


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । २५ पौष २०७८ बाट पराजुलीले सिनियर डीसीओको कार्यभार सम्हालेका हुन् ।

पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधार मानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए । संस्थागत सुशासनलाई प्राथमिकतामा राखि कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको बताउँदै, यसलाई अवसर र त्यो भन्दा बढी चुनौतीका रुपमा लिएको बताए ।

‘अब मैले नेपाल लाइफको नम्बर १ कम्पनीको छविलाई हरेक सूचकांकमा अझ बलियो सावित गर्नुपर्ने चुनौती रहेको छ,’ नवनियुक्त सिनियर डीसीओ पराजुलीले भने ।

पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीइओ) थिए ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ४ : १६ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा