अमेरिकाले भन्यो, ‘प्रदर्शनकारीलाई गोली हान्ने कजाखस्तानको आदेश दमनको परकाष्ठ’ « Khabarhub

अमेरिकाले भन्यो, ‘प्रदर्शनकारीलाई गोली हान्ने कजाखस्तानको आदेश दमनको परकाष्ठ’


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले कजाखस्तानमा सरकारले प्रदर्शनकारीलाई गोली हान्न दिएको आदेशको आलोचना गरेका छन् ।

मध्यएसियाली देश कजाखस्तानमा मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीविरुद्ध सरकारले चरम दमन गरिरहेको विवरण सार्वजनिक भइरहेका बेला अमेरिकी विदेशमन्त्रीको भनाई सार्वजनिक भएको हो ।

‘कजाखस्तानमा सरकारले प्रदर्शनकारीमाथि गरेको दमनको अमेरिकाले निन्दा गर्छ । सरकारले प्रदर्शनकारीलाई गोली ठोक्न सुरक्षाकर्मीलाई आदेश दिएको छ । यो गलत आदेश हो,’उनले भने ।

मूल्यबृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिनु दमनको परकाष्ठ भएको उनले बताए ।

कजाखस्तानको अवस्थाबारे अमेरिकाले नजिकबाट हेरिरहेको बताउँदै उनले सरकारले प्रदर्शनकारीको अधिकार रक्षा गर्नुपर्ने माग गरेका छन् ।

प्रहरीको गोली लागेर १६० प्रदर्शनकारीको मृत्यु भएको छ भने पाँच हजार ८०० जना पक्राउ परेका छन् । त्यस्तै, दोहोरो झडपमा १६ सुरक्षाकर्मी मारिएका छन् ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ६ : ५४ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको