कान्ति लोकपथअन्तर्गत सुनाकोठी सडकमा मापदण्ड मिचेर पर्खाल « Khabarhub

कान्ति लोकपथअन्तर्गत सुनाकोठी सडकमा मापदण्ड मिचेर पर्खाल


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुर महानगरपालिकाले कान्ति लोकपथअन्तर्गत सुनाकोठी सडकमा मापदण्ड मिचेर पर्खाल लगाएको छ । झन्डै सडक जति नै फुटपाथ राखेर पर्खाल लगाउन सुरु गरिएको छ ।

९२ किलोमिटर लम्वाइ रहेको कान्ति लोकपथअन्तर्गत पर्ने सुनाकोठी सडक ११ मिटर चौडा गर्न ०७२ सालमा सौलुङ कन्ट्रक्सनलाई दिइए पनि मुआव्जा र क्षतिपूर्ति नदिँदा विस्तार भएन । ०७७ सालमा सरकारले यथास्थितिमै सडक कालोपत्र गरेको थियो ।

पर्खाल लगाउँदा सडकमा गाडी गुड्न समस्या हुने सुनाकोठीमा यात्रारत रमेश घिमिरेले बताए । उनले भने, ‘सडक साँघुरो छ । फुटपाथबाट मोटरसाइकल गुड्थे । गाडीलाई साइट दिन सजिलो भएको थियो । अब पर्खाल लगाएपछि दोहोरो गाडी छिर्न मुस्किल भयो ।’

साँघुरो सडक त्यसमाथि बीचबाट महानगरपालिकाले फुटपाथ बनाउने भन्दै पर्खाल लगाएपछि सडकमा सधै जाम हुने गरेको छ । उनले भने, ‘जाम भयो भने यहाँका बासिन्दालाई पनि समस्या हुन्छ । महानगरले बुझ्नुपर्ने हो ।’

फुटपाथ बनाउन भन्दै महानगरपालिका-२७ का वडाध्यक्ष बाबुराजा महर्जनले फुटपाथ बनाउन काम सुरु गरेको बताएका छन् । सम्पदा क्षेत्र रहेको ठाउँ फोहोर रहेकाले व्लक छाप्न पेटी बनाएको बताए । उनले भने, ‘कालोपत्रे भएको सडकमा पर्खाल लगाएको होइन, अघिल्लो वर्ष पनि यहाँ पर्खाल लगाइएको थियो ।’

महानगरले गठन गरेको उपभोक्ता समितिका अध्यक्ष कविन्द्र डंगोलले १० लाख बजेटमा काम गर्न लागिएको बताए । टोलबासीको योजनामा पर्खाल लगाइएको उनले बताए । उनले भने, ‘जात्रा गर्न पनि समस्या भयो । फोहोर पनि भयो । सुनाकोठीमा जताततै व्लक राखिएको छ ।’

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ११ : ४५ बजे

सरकारले थप तीनवटा अध्यादेश शीतल निवास पठायो

काठमाडौं- बालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र

नेप्से परिसूचकमा २५ अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको

ड्रोनबाट हेर्नुस्, डोजर चलेपछिको मनोहरा सुकुम्वासी बस्ती

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली

पूर्वराष्ट्रपति युनलाई सात वर्षको जेल सजाय, कानूनी संकट थप गहिरियो

सियोल– दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलविरुद्धको कानूनी कारबाही थप

उद्यमी बन्न चाहनेलाई कामपाको सहुलियत ऋण

काठमाडौं– काठमाडौं महानगरपालिकाले स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण