मोरक्कोले घानालाई हरायो « Khabarhub

मोरक्कोले घानालाई हरायो


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अफ्रीका कप अफ नेसन्स फुटबलमा मोरक्कोले घानालाई पराजित गरेको छ । सोमबार भएको समूह ‘सी’ को खेलमा घानालाई १-० गोल अन्तरले हराउँदै मोरक्क्कोले सुखद सुरुआत गरेको हो । मोरक्कोको जितमा सोफियान बउफलले निर्णायक गोल गरे ।

यस जितसँगै समूह सी को मोरक्कोले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । घानाले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

समूह ‘सीको अर्को खेलमा गाबोनले कोमारसोसलाई १–० ले पराजित गरेको छ ।

समूह ‘बी’ अन्तर्गतको खेलमा गिनियाले पनि मलावीलाई १–० ले हरायो । ३५औं मिनेटमा इसाघा सेलाले गरेको गोल ग्वेनालाईको लागि तीन अंक पर्याप्त रह्यो ।

सेनेगलले सुखद सुरुआत गर्ने क्रममा जिम्बाव्वेलाई १–० ले निराश पार्यो । इन्जुरी समयको सातौ मिनेटमा साडियो मानेले गरेको गोलमा सेनेगल विजयी भयो ।

यससँगै सेनेगल, ग्वेना, मोरोक्को र गाबोनले अफ्रिका कप अफ नेसन्समा विजयी सुरुआत गरेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ८ : ३१ बजे

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले