मोरक्कोले घानालाई हरायो « Khabarhub

मोरक्कोले घानालाई हरायो


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अफ्रीका कप अफ नेसन्स फुटबलमा मोरक्कोले घानालाई पराजित गरेको छ । सोमबार भएको समूह ‘सी’ को खेलमा घानालाई १-० गोल अन्तरले हराउँदै मोरक्क्कोले सुखद सुरुआत गरेको हो । मोरक्कोको जितमा सोफियान बउफलले निर्णायक गोल गरे ।

यस जितसँगै समूह सी को मोरक्कोले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । घानाले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

समूह ‘सीको अर्को खेलमा गाबोनले कोमारसोसलाई १–० ले पराजित गरेको छ ।

समूह ‘बी’ अन्तर्गतको खेलमा गिनियाले पनि मलावीलाई १–० ले हरायो । ३५औं मिनेटमा इसाघा सेलाले गरेको गोल ग्वेनालाईको लागि तीन अंक पर्याप्त रह्यो ।

सेनेगलले सुखद सुरुआत गर्ने क्रममा जिम्बाव्वेलाई १–० ले निराश पार्यो । इन्जुरी समयको सातौ मिनेटमा साडियो मानेले गरेको गोलमा सेनेगल विजयी भयो ।

यससँगै सेनेगल, ग्वेना, मोरोक्को र गाबोनले अफ्रिका कप अफ नेसन्समा विजयी सुरुआत गरेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ८ : ३१ बजे

सिंहदरबारमा विपक्षी दलको बैठक सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्म आङदेम्बेद्वारा आव्हान गरिएको

ग्यास अभावको विरोध : विद्यार्थीले सडकमै दाउरामा पकाए खाना

काठमाडौं– सरकारले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि त्यसको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–