सुमार्गीको ‘शंकास्पद’ रकमको श्रोत खोज्न राष्ट्र बैंकका नाममा सर्वोच्चको परमादेश « Khabarhub

सुमार्गीको ‘शंकास्पद’ रकमको श्रोत खोज्न राष्ट्र बैंकका नाममा सर्वोच्चको परमादेश


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीको रकमको श्रोत खोज्न र सम्पति शुद्धीकरण ऐनको उल्लंघन भएको हो कि होइन एकिन गर्न राष्ट्र बैंकका नाममा परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश वमकुमार श्रेष्ठको संयुक्त इजलासले सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न परमादेश जारी गरेको हो ।

आदेशमा सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न भनिएको छ । अदालतले विदेशमा रहेको सुमार्गीको खाताबाटै स्वदेशमा रकम भित्रिएको दाबी गर्दै उक्त रकमको ६ महिनाभित्र वैधता जाँच्न राष्ट्र बैंकलाई भनेको छ । सुमार्गीको नाममा रहेको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा ल्याइएको करिब ८० करोड रुपैयाँ राष्ट्र बैंकले रोकेको थियो । इन्भेष्टमेन्ट बैंकमा रहेको सो रकम रोकिएपछि सुमार्गी उक्त रकम नरोक्न भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सुमार्गी अदालत पुगेलगत्तै तत्कालीन न्यायाधीश दीपकराज जोशीले सो रिटमाथि सुनुवाई गर्दै रकम नरोक्न आदेश दिएका थिए ।

त्यसलगत्तै सुमार्गी केही रकम इन्भेष्टमेन्ट बैंकबाट अन्यत्र सारेका थिए । तर पछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि राष्ट्र बैंकले सारिएको रकम फिर्ता गर्न ताकेता गरेको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ५ : ५० बजे

भोजपुरमा ध्रुव अघिअघि, शेरधन पछिपछि

भोजपुर- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भोजपुरबाट आएको प्रारम्भिक मत गणनामा श्रमसंस्कृति

कैलाली-३ मा नेकपालाई उछिन्दै रास्वपाको अग्रता

घोडाघोडी– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं ३ मा

जनता यो तहसम्म ‘फ्रस्टेट’ छन् भन्ने विश्वास नै थिएन : रक्षा बम (अन्तर्वार्ता)

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनकी अगुवा

स्याङ्जा- २ को प्रारम्भिक नतिजामा एमालेका थापाको अग्रता 

काठमाडौं– स्याङ्जामा एमालेका खिमबहादुर थापाले ९ सय ४३ मतसहित प्रारम्भिक

तीन पूर्वप्रधानमन्त्रीमध्ये दुईजना हारतिर, एकले निकाले जित

काठमाडौं– तीनजना पूर्व प्रधानमन्त्रीहरू निर्वाचनमा लडिरहँदा नेपाल कम्युनिस्ट पार्टी नेकपाका