सर्लाहीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

सर्लाहीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको नयाँरोड सडकखण्डमा गएराति उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए

दुर्घटनामा घाइते भएका महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न ट्रयाक्टर, चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ९ : ५२ बजे

गार्डियन माइक्रोको आइपीओ आजबाट खुल्यो

काठमाडौं– गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडको सर्वसाधारणको लागि साधारण शेयर

अस्ट्रेलियाले जित्यो बोर्डर गावस्कर ट्रफी, अन्तिम खेलमा भारत ६ विकेटले पराजित

काठमाडौं– अस्ट्रेलियाले जुन महिनामा हुने विश्व टेस्ट च्याम्पियनसिपमा दक्षिण अफ्रिकाको

एमाले छाडेका सर्वेन्द्रबारे गोकुल बास्कोटा- आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले स्वार्थपूर्तिका लागि पार्टीमा

सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले घट्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आन्तरिक

‘अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ’

सुनसरी– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस