स्थानीय तहको निर्वाचन समयमै गराउने वातावरण बनाउन दलहरूको सुझाव « Khabarhub

स्थानीय तहको निर्वाचन समयमै गराउने वातावरण बनाउन दलहरूको सुझाव


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचन समयमै गराउने पहल गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

आज आयोगको कार्यालयमा भएको सर्वदलीय बैठकमा नेताहरूले तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने सुझाव दिएका हुन् ।

बैठकबाट बाहिरिनेक्रममा कांग्रेस नेता रमेश लेखकले माघ १२ को राष्ट्रियसभा निर्वाचनमा मतदान केन्द्र बढाउन सुझाव दिएको बताए ।

छलफलमा विभिन्न दलका नेताहरुले राष्ट्रिय सभा निर्वाचनका लागि अहिले तोकिएको निर्वाचन केन्द्रहरु थप गर्न माग गरेका छन्। आयोगले प्रदेश २ का लागि दुईवटा र अन्य प्रदेशका लागि एकएक वटा निर्वाचन क्षेत्र तोकेको छ।

आफूहरुले निर्वाचन केन्द्र थप गर्न माग गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए। उनले भने, ‘कोरोना संक्रमणको स्थितिलाई हेर्दा निर्वाचन केन्द्र थप्नुपर्छ। सकेसम्म प्रत्येक जिल्लामा र नभए दुई तीन जिल्लाको बीचमा राखेर जान सकिन्छ भने त्यतातिर सोच्न भनेका छौं’, उनले भने।

यसैबीच आयोगले पहिलो चरणमा गर्ने भए २०७९ वैशाख १४ र दुई चरणमा गर्ने भए १४ र २२ गते चुनाव गर्न प्रस्ताव गरेको छ ।

आयोगको प्रस्तावमा नेकपा एमालेले समर्थन जनाएको छ ।

‘स्थानीय तहको निर्वाचन वैशाख १४ र २२ गते गर्न उपयुक्त हुन्छ भनेर आयोगले प्रस्ताव गरेको छ । यसबारे सरकारले छलफल गरेर टुंगोमा पुर्‍याउने छ,’ कांग्रेस केन्द्रीय सदस्य लेखकले भने, ‘आयोगले प्रस्ताव गरेको छ । यही तिथि मितिमा गर्ने कि के गर्ने भन्ने सरकारले निर्णय गर्ला ।’

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले जेठ ५ गतेभित्र निर्वाचित पदाधिकारीले कार्यभार सम्हाल्ने गरी स्थानीय तहको निर्वाचन गर्न अयोगलाई ध्यानाकर्षण गराएको बताए ।

उनले भने, ‘वैशाख १४ र २२ गते चुनाव गर्ने आयोगको प्रस्तावलाई हामीले समर्थन गरेका छौं, जेठ ५ गते अगावै पदभार सम्हाल्ने गरी चुनाव हुनुपर्छ भनेका छौँ ।’

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ३ : ०९ बजे

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।