खेलाडीमा कोरोना आशंकापछि पुलिस र प्रदेश १ बीचको खेल स्थगित « Khabarhub

खेलाडीमा कोरोना आशंकापछि पुलिस र प्रदेश १ बीचको खेल स्थगित


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – खेलाडीमा कोरोना भाइरसको आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश-१ बीचको खेल स्थगित भएको छ ।

प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा टियु क्रिकेट मैदानमा आज दुबै टिम बीच खेल तय भएको थियो । तर, प्रदेश–१ का खेलाडीमा कोरोनाको आशंका गरिएपछि खेल होल्डमा राखिएको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ ।

एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई २ रनले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मीलाई ४ विकेटले हराएको पुलिसले तेस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध ८९ रनको सहज जित निकालेको थियो ।

पहिलो खेलमा कर्णाली प्रदेशसँग ३१ रनले हारेको प्रदेश-१ ले दोस्रो खेलमा पानिका कारण मैदान चिसो भएर खेल हुन नसक्दा आर्मीसँग अंक बाँडेको थियो ।

आजको दोस्रो खेल भने निर्धारित समयमै हुनेछ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ९ : ०० बजे

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर