उत्कृष्ट ब्यान्ड छान्न ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ | Khabarhub Khabarhub

उत्कृष्ट ब्यान्ड छान्न ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लास्ट फ्राइडे इभेन्ट म्यानेजमेन्टको आयोजनामा सुर, ताल र संगीतको संयोजन ब्यान्ड प्रतिस्पर्धा ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ सुरु भएको छ । एपीवान टेलिभिजनमा सुरु भएको शो देशभर छरिएर रहेका ब्यान्डलाई मञ्च प्रदान गर्न आयोजना गरिएको हो ।

आयोजकका अनुसार ब्यान्ड च्याम्पियनको डिजिटल अडिसनमा देशभरका दुई सय ब्यान्डले सहभागिता जनाएका थिए । जसमध्ये ७० वटा ब्यान्ड जज अडिसनका लागि छनोट भएका छन् ।

शोका निर्देशक फुर्वा शेर्पाले ब्यान्डका सबै सदस्यको उत्तिकै भूमिका रहने भएकाले सबैको प्रस्तुति हेरिने जानकारी दिए । ‘ब्यान्ड च्याम्पियन पावर, प्यासन र पर्फमेन्सको प्रस्तुति हो । यहाँ एक जनाको मात्रै होइन, पूरै समूहकै प्रस्तुति हेरिन्छ’, निर्देशक शेर्पाले भने, ‘प्रतिस्पर्धामा विशेषगरी रक, पप र आधुनिक मेलोडी गीतहरू प्रस्तुत हुनेछ ।’

ब्यान्डको प्रतिस्पर्धा भए पनि भोकल, म्युजिक र समूहको प्रस्तुति हुनेछ । जज राउन्डपछि ओरिजिनल सङ राउन्ड सुरु हुनेछ । जहाँ ब्यान्डले आफ्नै गीत गाउनुपर्ने हुन्छ ।

ब्यान्ड च्याम्पियनको जजमा ड्रमर देव राना, भोकलिस्ट रविन तामाङ, गितारिस्ट ज्योति घिमिरे छन् । नेपाल आइडलकी गोल्डेन माइक विजेता मेगा श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नेछिन्।

ब्यान्ड च्याम्पियनका विजेताले २० लाख, दोस्रो हुनेले ६ लाख, तेस्रो र चौथोले चार–चार लाख पुरस्कार पाउनेछन् । विजेता ब्यान्डले विभिन्न सात वटा देशमा प्रस्तुति दिने अवसर पनि पाउने छन् ।

ब्यान्ड च्याम्पियनको डिजिटल पार्टनर माउन्ट एभरेस्ट डिजिटल रहेको छ । ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ माउन्ट एभरेस्ट डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १० : ५६ बजे

मन्त्रिपरिषद् विस्तार : यी तीन मन्त्रीले भोलि लिनेछन् सपथ

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तीन जना मन्त्रीको नाम

रास्वपाको भर्चुअल बैठक : सुमनाले पार्टी छोड्नुको कारणबारे छानबिन हुनुपर्ने माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय, प्रदेश र जिल्ला

जेन–जी प्रदर्शनकारीलाई उक्साएको आरोपमा फलेवासका वडाध्यक्ष पक्राउ

पर्वत – पर्वत फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले

राष्ट्रिय बाल दिवसमा दीप प्रज्वलन, आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली

काठमाडौं – राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा आइतबार काठमाडौंको

जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर

काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष