सुर्खेतमा डिजिटल राहदानी सेवा प्रारम्भ « Khabarhub

सुर्खेतमा डिजिटल राहदानी सेवा प्रारम्भ


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय सुर्खेतले डिजिटल राहदानी सेवा प्रारम्भ गरेको छ । उक्त सेवाको प्रारम्भ सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गरे ।

उनले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत निवासी २० वर्षीय गिर्वाणबाबु कोइरालालाई डिजिटल राहदानी प्रदान गरे । उक्त कार्यक्रममा प्रजिअ रिजालले भने, ‘सुरुका दिनमा राहदानी बन्न एक महिना लाग्थ्यो अब छोटो समयमै बन्ने भएको छ । यसले समय, पैसा र कागजको बचतका साथै सेवा प्रवाह पनि सहज बन्दै गएको छ ।’

उनका अनुसार १० दिनमा ११८ राहदानी बनेका छन् । हस्तलिखित, एमआरपी हुँदै अहिले डिजिटल राहदानी आइपुग्दा यसले मानव जीवनलाई पनि अझ बढी सफल बनाएको जनाए।

राष्ट्रिय परिचयपत्र भरेकाले राहदानी शाखामा रुजु गरेर लाग्ने शुल्क रु पाँच हजार तिरेपछि राहदानी प्राप्त हुने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ६ : ४२ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले