स्थानीयवासीले १० प्रतिशत शेयर पाउने « Khabarhub

स्थानीयवासीले १० प्रतिशत शेयर पाउने


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट – कालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत शेयर दिने भएको छ । सार्वजनिक सुनवाईका क्रममा आयोजनाले मङ्गलबार उक्त घोषणा गरेको हो ।

रास्कोट नगरपालिका–९ भात्ततीमा ४२६ मेगावाट क्षमताको उक्त आयोजना ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यसका लागि ६ सय मिटर सुरुङ निर्माण गरिने आयोजना प्रमुख हिराचन वाइबाले जानकारी दिए । ‘माटोको अवस्था, चट्टानलगायतका भौगर्भिक अध्ययन सकिएको छ’, उनले भने, ‘करिब १० हजार रुख कटान हुने अनुमान गरेका छौँ । एउटा रुख बराबर १० रुख रोपण गरिने छ ।’

आयोजना निर्माण गर्न रु ९२ अर्ब खर्च हुने आयोजनाका विज्ञ शिवशङ्कर कार्कीले बताए । सुरुङको अध्ययनपछि खन्ने विषयबारे निक्र्यौल गरिने वाइबाको भनाइ छ । ‘आयोजनाबारे अध्ययनको काम सकिएको छैन’, उनले भने । आवास निर्माणको काम भने थालिएको छ । जग्गा अधिग्रहणको प्रक्रिया सकिएको आयोजनाले जनाएको छ ।

बाँध निर्माणबाट डुबानमा पर्ने सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्नाकोटमा प्रभावितको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको छ । आयोजना निर्माणबाट एक हजार १४९ परिवार प्रभावित भएका छन् । आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको आयोजना प्रमुख वाइबाले बताए।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १० : ४५ बजे

नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

काठमाडौं- नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्‍याउँदै आएको सेवाका लागि एसिया

ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग

काठमाडौं– ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामग्री सहयोग

नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

काठमाडौं- नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरूमा बीमा सेवामा सहजीकरण

मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला

मुस्ताङ– मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न  खुल्ला गरिएको छ