पिएम कपः कर्णालीमाथि प्रदेश-२ को सानदार जीत « Khabarhub

पिएम कपः कर्णालीमाथि प्रदेश-२ को सानदार जीत


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री कप क्रिकेट प्रतियागितामा प्रदेश–२ ले सानदार पहिलो जीत हात पारेको छ । मुलपानीस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधबार भएको खेलमा कर्णाली प्रदेशलाई प्रदेश-२ ले ९ विकेटले पराजित गर्‍यो ।

टस जितेर पहिले ब्याटिङको निर्णय लिएको कर्णालीविरुद्ध प्रदेश–२ का बलरहरु भारी पर्दा अल आउट हुँदै मात्र ९३ रनको योगफल बनाउन सक्यो । ९४ रनको लक्ष्य पछ्याएको प्रदेश–२ ले १६ ओभरमा १ विकेट गुमाएर ९६ रन बनाउँदै लक्ष्य पुरा गर्‍यो । प्रदेश-२ का लागि ओपनिङ ब्याट्सम्यान हरिशंकर शाहले नटआउट रहँदै ५५ रन बनाए । उनले ६४ बलमा ७ चौकाको मद्दतमा ५५ रन बनाएका हुन् ।

प्रदेश-२ का लागि हसिम अन्सारीले १७ रन बनाउँदा रवि शाहले १६ रन बनाए । प्रदेश-२ विरुद्ध कर्णालीका प्रकाश जैसीले १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कणार्लीका लागि प्रकाश जैसीले ३७ रन बनाए भने कप्तान रविन्द्रजंग शाहीले १४ रन मात्र जोड्न सके । बाँकी नौँ जना ब्याट्सम्यानले भने १० रन पनि कटाउन सकेनन् ।

कर्णालीविरुद्ध प्रदेश-२ का कुमार थापाले ३ विकेट लिए भने हरिशंकर शाह, राशिद खान र साम्सद शेखले समान २-२ विकेट लिए । जितसँगै प्रदेश-२ ले अंक तालिकामा २ अंक जोडेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  २ : ५१ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष