नयाँ स्क्रिप्ट पढ्न मनोजलाई छैन फुर्सद « Khabarhub

नयाँ स्क्रिप्ट पढ्न मनोजलाई छैन फुर्सद


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– फिल्म ‘ग्याङ्स अफ वासेपुर’, ‘स्पेशल २६’, ‘राजनीति’ र ‘फेमिली मेन’ जस्ता लोकप्रिय फिल्मका अभिनेता मनोज बाजपेयी सन् २०२२ मा निकै व्यस्त छन् । उनले सन् २०२३ सम्म कुनै पनि स्क्रिप्ट नपढ्ने निर्णय लिएका छन् ।

मनोजले सन् २०२१ मा राम रेड्डीको अनटाइटल्ट प्रोजेक्ट र कानू बहलको थ्रिलर फिल्मको सुटिङ पुरा गरिसकेका छन् । यसपछि उनी अभिषेक चौबेको फिल्मको काम सुरु गर्दै थिए । तर कोरोनाको बढ्दो मामलालाई ध्यानमा राख्दै फिल्मको सुटिङ हाललाई रोकिएको छ ।

यो रोकिएको फिल्मको काम अब दश दिनको मात्र बाँकी छ । फिल्ममा मनोज अभिनेत्री कोंकण सेन शर्मासँग स्क्रिन शेयर गर्दैछन् । यो फिल्मको सुटिङ सकिनासाथ उनी राहुल चितेलाको प्रोजेक्टमा काम सुरु गर्दैछन् ।

‘म मेरो प्रतिबद्धतामा अडिग छु । मैले ती सबै फिल्मको काम पुरा गर्नुपर्छ, जुन फिल्मका निर्मातासँग मैले प्रतिबद्धता जनाएको छु । यो वर्ष मलाई सन् २०२३ सम्म व्यस्त बनाउनेछ । यहीकारण म नयाँ स्क्रिप्ट पढ्न र त्यसको न्यारेसन लिन असक्षम छु । यो समयमा मसँग कुनै मिति छैन’, उनले भनेका छन् ।

मनोजले सन् १९९४ मा शेखर कपुरको बायोग्राफिकल फिल्म ‘बेण्डिट क्विन’बाट अभिनय सुरुवात गरेका थिए । तर उनले पहिचान भने ‘शूल’बाट पाए ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १२ : ४५ बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता