माइक टायसन भन्छन्– मलाई नेपाल घुम्न मन छ « Khabarhub

माइक टायसन भन्छन्– मलाई नेपाल घुम्न मन छ


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी पूर्व विश्व प्रसिद्ध बक्सिङ खेलाडी माइक टायसनले आफूलाई नेपाल घुम्न जान मन लागेको बताएका छन् ।

इम्पल्सिभ पोडकास्टको २४७ औँ अङ्कमा बौल्दै टायसनले नेपाल घुम्न जान मन लागेको बताएका हुन् ।

साथीभाइ तथा अन्य माध्यमबाट नेपालका बारेमा थाहा भएको बताउँदै उनले नेपाल लगायत विश्व भ्रमण गर्न मन लागेको बताएका छन् ।

उनले उक्त पोडकास्टमा नेपाल मन्दिर र हिमालको देश भनेर प्रशंसा पनि गरेका छन् । उनले नेपाल हिमाल नै हिमालको देश भएको र आफू त्यस्तो ठाउँमा जान सधै लालयित हुने पनि बताएका छन् ।

टायसनलाई आफ्नो समयको सबैभन्दा प्रसिद्ध हेवीवेट बक्सरमध्ये एक मानिन्छ । उनले १९८७ देखि १९९० सम्म निर्विवाद विश्व हेवीवेट च्याम्पियनको रूपमा शासन गरे।

२० वर्षको उमेरमा आफ्नो पहिलो बेल्ट दाबी गर्दै, टायसनले हेवीवेट उपाधि जित्ने सबैभन्दा कान्छो बक्सरको रूपमा रेकर्ड राखे । उनी डब्लूबीए, डब्लूबीसी र आइबीएफ शीर्षकहरू एकै साथ जित्ने पहिलो हेवीवेट बक्सर पनि बने ।

उनले बक्सिङ सन् १९८७ देखि सन् २००५ सम्म खेलेका थिए ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ३ : ३० बजे

नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

काठमाडौं- नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्‍याउँदै आएको सेवाका लागि एसिया

ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग

काठमाडौं– ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामग्री सहयोग

नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

काठमाडौं- नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरूमा बीमा सेवामा सहजीकरण

मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला

मुस्ताङ– मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न  खुल्ला गरिएको छ