५० लाख भन्सार छलीका सामानसहित ट्रक र चालक नियन्त्रणमा « Khabarhub

५० लाख भन्सार छलीका सामानसहित ट्रक र चालक नियन्त्रणमा


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – पर्साको वीरगञ्जबाट रु ५० लाखमूल्य बराबरको भन्सार छलीका सामानसहित प्रहरीले मालबाहक ट्रक र चालक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको ट्रक र चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं ८ माइस्थानस्थित सडकखण्डबाट प्र–२–०३–००१ ख ३६८९ नं ट्रक नियन्त्रणमा लिइएको थियो ।

बिलबिजकभन्दा बढी खुद्रा वस्तुहरु तथा हार्डवेयर पार्टस लोड गरी काठमाण्डौ जाँदै गरेको उक्त मालबाहक ट्रकलाई नियन्त्रणमा लिएर थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पठाइएको हो ।

ट्रक चालक वीरगञ्ज–२ छपकैया बस्ने ३२ वर्षका रौफ आलमलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ६ : ३९ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग