इन्डोनेसियाले यसकारण सार्‍यो राजधानी | Khabarhub Khabarhub

इन्डोनेसियाले यसकारण सार्‍यो राजधानी


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाकार्ता – इन्डोनेसियाले अहिलेको व्यस्त राजधानी जर्कातालाई बोरिनो टापुतर्फ सारेको छ ।

अहिलेको राजधानी जाकार्ताबाट १३ सय किलोमिटर टाढा रहेको कलिमन्थन प्रान्तको बोर्नियो द्विपमा नयाँ राजधानी बनाउन लागेको हो । राजधानी सार्नेसम्बन्धि विधेयक त्यहाँको संसदले सोमबार पारित गरेको छ ।

नयाँ राजधानीको नाम नुसन्तारा राख्ने निर्णय पनि संसदले गरेको छ । नुसन्ताराको अर्थ द्विपसमूह हो ।

राष्ट्रपति जोको विदोदोले केही वर्षअघि नै राजधानी सार्ने घोषणा गरेका थिए् ।

किन सर्दैछ राजधानी ?

राजधानी सार्नुपर्ने कारण बुझ्न गाहो छैन । जार्काता हरेक वर्ष १ देखि १५ सेन्टिमिटरका दरले डुबिरहेको छ । सहरको झन्डै आधा भन्दा बढी भाग समुद्रको सतहमुनि छ । जाकार्ता दलदल भूमिमा छ । जाभा समुद्रले राजधानी वरपरको भूभागलाई बारम्बार धक्का दिइरहेको छ ।

राजधानीको ट्राफिक जाम पनि भयाबह छ । सन् २०१६ मा गरिएको एक सर्बेक्षणमा इन्डोनेसियाको ट्राफिक संसारकै खराबमध्येको एक थियो । वैठकस्थलमा पुग्न मन्त्रीहरुलाई प्रहरीले लामो स्कटिङ गर्नु सामान्य जस्तो बनेको छ ।

अहिलेको राजधानी सहरको जनसंख्या ३ करोड पुगेको छ । पानी प्रदुषित छ । राजधानी सार्ने कार्यका लागि मात्र सरकारले ३३ अर्ब डलर खर्च गर्नुपर्नेछ । यसका लागि ९ देखि १५ लाख मानिसको आवासका लागि ३० हजारदेखि ४० हजार हेक्टर भूमि आवश्यक पर्नेछ ।

राजधानी स्थानान्तरण गर्ने योजना बनाउने इन्डोनेसिया मात्र पहिलो देश होइन । विश्वका अन्य देश पनि छन, जसले ढिलो चाडो अहिले भइरहेको राजधानी परिवर्तन गर्दैछन् ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ७ : ५९ बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन