फ्रान्सेली अभिनेता गेस्पर्डको निधन « Khabarhub

फ्रान्सेली अभिनेता गेस्पर्डको निधन


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस(अमरउजाला)– फ्रान्सेली अभिनेता गेस्पर्ड उलीलको ३७ वर्षको उमेरमा दक्षिणपूर्वी फ्रान्समा एक स्कीइङ दुर्घटनामा निधन भएको छ । गेस्पर्ड मार्वलको आगामी सिरिज ‘मून नाइट’मा देखिँदै थिए । गेस्पर्ड ‘हेनिबल राइजिङ’मा हेनिबल लेक्टरको भूमिकाका लागि लोकप्रिय थिए ।

गेस्पर्ड फिल्मका अलावा विज्ञापनको दुनियाँमा पनि चिनिएका नाम थिए । उनको आकस्मिक निधनले फ्यान तथा फिल्मकर्मी दुःखी भएका छन् ।

अभिनेताको सह–अभिनेता रहेका फ्रान्सेली अभिनेता जीन डुजार्डिनले इन्स्टाग्राममा एक क्याप्सन लेख्दै गेस्पर्डको तस्वीर पोस्ट गरेका छन् । जसमा एक कालो हृदय भएको इमोजीका साथ ‘गेस्पर्ड’ लेखिएको छ ।

फ्रान्सेली संस्कृति मन्त्री रोजलिन बाचेलटले बुधबार एक ट्वीट गर्दै गेस्पर्डलाई ‘एक असाधारण अभिनेता’ भनेका छन् । फ्रान्सेली प्रधानमन्त्री जीन कास्टेक्सले गेस्पर्ड फिल्मसँगै ठूलो भएको र फिल्म पनि गेस्पर्डसँगै ठूलो भएको उल्लेख गरेका छन् । उनले फिल्म र गेस्पर्डले एकापसमा पागलपनका रुपमा प्रेम गर्ने गरेको दाबी गरेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  १२ : ०४ बजे

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११