कांग्रेसका १६ जिल्लाका अधिवेशन अनिश्चितकालका लागि स्थगित « Khabarhub

कांग्रेसका १६ जिल्लाका अधिवेशन अनिश्चितकालका लागि स्थगित


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन स्थगित भएको जनाएको छ ।

कोरोना महामारीका कारण १५ माघमा हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको समितिले जनाएको छ । कांग्रेसको सप्तरी, सिराहा, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, पर्सा, बारा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, कैलाली, बाँके, नवलपुर र अछाममा जिल्ला अधिवेशन हुन बाँकी छ ।

कोरोना कहर सामान्य अवस्थामा आएपछि मात्र जिल्ला अधिवेशनको नयाँ मिति तोकिने सचिव केशव रिजालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ३ : ४१ बजे

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु

सरकारलाई सर्वोच्चको झट्का : संविधान संशोधन गर्न दुवै सदनले अलग-अलग दुईतिहाइ बहुमत जुटाउनुपर्ने

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली, २०८३ का