भारतविरुद्धको एक दिवसीय सिरिज दक्षिण अफ्रिकालाई « Khabarhub

भारतविरुद्धको एक दिवसीय सिरिज दक्षिण अफ्रिकालाई


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिज दक्षिण अफ्रिकाले जितेको छ । गएराति अफ्रिकाको घरेलु मैदान पर्लमा भएको दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले हरायो ।

योसँगै एक खेल अगावै दक्षिण अफ्रिकाले सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो । भारतले दिएको २ सय ८८ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रिकाको जितमा जानेमान मालनले ९१ रनको अर्धशतकीय इनिङ्स खेले भने क्विन्टन डी ककले ७८ रनको इनिङ्स बनाए । कप्तान तेम्बा बाभुमाले भने ३५ रन बनाए ।

एडिन मार्क्रम ३७ र रस्सी भान डेर डुसेन ३७ रनमा अविजित रहे । भारतका जस्प्रित बुम्राह, युजभेन्द्र चाहल र शार्दुल ठाकुरले १–१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो । तेस्रो तथा अन्तिम एकदिवसीय खेल आइतबार केप टाउनमा हुनेछ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ६ : ३८ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको