भारतविरुद्धको एक दिवसीय सिरिज दक्षिण अफ्रिकालाई « Khabarhub

भारतविरुद्धको एक दिवसीय सिरिज दक्षिण अफ्रिकालाई


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिज दक्षिण अफ्रिकाले जितेको छ । गएराति अफ्रिकाको घरेलु मैदान पर्लमा भएको दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले हरायो ।

योसँगै एक खेल अगावै दक्षिण अफ्रिकाले सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो । भारतले दिएको २ सय ८८ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रिकाको जितमा जानेमान मालनले ९१ रनको अर्धशतकीय इनिङ्स खेले भने क्विन्टन डी ककले ७८ रनको इनिङ्स बनाए । कप्तान तेम्बा बाभुमाले भने ३५ रन बनाए ।

एडिन मार्क्रम ३७ र रस्सी भान डेर डुसेन ३७ रनमा अविजित रहे । भारतका जस्प्रित बुम्राह, युजभेन्द्र चाहल र शार्दुल ठाकुरले १–१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो । तेस्रो तथा अन्तिम एकदिवसीय खेल आइतबार केप टाउनमा हुनेछ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ६ : ३८ बजे

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर