तीनै तहका निर्वाचन समयमै हुनुपर्छ- नेता सिंह « Khabarhub

तीनै तहका निर्वाचन समयमै हुनुपर्छ- नेता सिंह


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचनहरु समयमै हुनुपर्ने बताएका छन्।

शनिबार चाक्सीबारीस्थित आफ्नै निवासमा डाक्टर मिता सिंहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’ को लोकार्पणपछि पत्रकारहरुले राखेका जिज्ञासामा उनले स्थानीय तहदेखि संघीय संसदसम्मका निरवाचनहरु समयमै हुनुपर्ने बताएका हुन् ।

संविधानको भावना र मर्मअनुसार सबै चल्नुपर्नेमा जोड दिँदै नेता सिंहले स्थानीय तहको निर्वाचन संविधान बमोजिम हुनपर्नेमा जोड दिएका छन् ।

संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै पाँच दलीय गठबन्धन सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भएको उनको भनाइ थियो।

‘त्यसै बनेको गठबन्धन सरकार होइन। यसको पृष्ठभूमिलाई हामीले बिर्सनु भएन,’ सिंहले भने, ‘त्यो कारणले धेरै कामहरु मध्येमा यो गठबन्धनको सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै हो।’

झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेडअनुसार काम गर्न नसकेको र संविधानविपरित गएर बाटो बिराइरहेको बेलामा संविधानलाई ‘ट्रयाक’ मा ल्याउन गठबन्धन बनेको उनले स्मरण गराए।

फरक प्रसंगमा नेता सिंहले १४ औँ महाधिवेशनमा तत्कालीन संस्थापन इतर समूहले आफूमाथि अन्याय गरेको पनि भन्दै भने, ‘१३ औं महाधिवेशनमा शेरबहादुरजीसँग प्रतिष्पर्धा गर्न मलाई जुनियर भनियो,’ ‘तर, अहिले आएर मभन्दा जुनियरलाई मैले मानेर जानुपर्छ भनेपछि मैले अन्याय भयो भने।’

१३ औँ महाधिवेशनमा आफूलाई जुनियर भनेर सभापतिको प्रतिष्पर्धा गर्नबाट रोकेको समूहले १४ औँ महाधिवेशनमा आफूभन्दा जुनियरको नेतृत्वमा प्रतिष्पर्धामा जाऔँ भनेकाले समूह छाडेको सिंहले प्रष्ट्याए।

‘१३ औँ महाधिवेशनमा आफूलाई जुनियर भनेर यो विचार समूहले रोक्ने,’ उनले प्रश्नगरे, ‘आज १४ औँ महाधिवशेनमा म सिनियर हुँ भन्दा जुनियरको नेतृत्वमा म कसरी जान सक्छु भन्दै दोस्रो चरणमा आफुले शेरबहादुर देउवालाई विधि नियम्म संवत पार्टी संचालन गर्ने प्रतिबद्धता अनुरुप सहयोह गरेको हुँ ।’

त्यस्तै लोकार्पण कार्यक्रममा पुस्तककी लेखिका डा. मिता सिंह प्रा. कपिल श्रेष्ठसहित कनक मनि दिक्षित लगायत आफ्नो विचार राखेका थिए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ५ : २५ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा ३ सय ६८ अस्पताललाई २ अर्बभन्दा बढी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले देशभरका ३६८ अस्पताल तथा स्वास्थ्य संस्थालाई

बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित

पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया

काठमाडौं– मुटुसम्बन्धी समस्याका कारण बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको आकस्मिकरुपमा

समकक्षता निर्धारणको काम अनुदान आयोगबाट

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको काम भएको

तीन वर्षपछि दक्षिण कोरियाले बढायो ब्याजदर, मुद्रास्फीति नियन्त्रणमा जोड

सियोल- दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक