जनकपुरमा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला दहन « Khabarhub

जनकपुरमा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला दहन


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल मधेश प्रदेश कमिटीले स्थानीय निर्वाचन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको बर्खास्तीको माग गर्दै जनकपुरमा प्रधामन्त्री शेरबहादुर देउवा र मन्त्री यादवको पुतला दहन गरेको छ ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न संघीय सरकारले ढिलाई गरेको र मन्त्रीले मर्यादा विपरित हिंसात्मक अभिव्यक्ति दिए पनि सरकारले बर्खास्ती नगरेको भन्दै युवा संघले आइतबार प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतना दहन गरेको हो ।

संघका नेताहरुले स्थानीय रेल्वे स्टेशनबाट र्‍याली निकाल्दै भानु चोक, शिव चोक हुँदै जनक चोक पुगेर कोण सभामा गरेका थिए । जहाँ उनीहरुले दुवै नेताको पुलता दहन गरेका थिए । र्‍यालीमा सहभागी युवाहरूले स्थानीय तहको चुनावको मिति तत्काल घोषणा गर्न र मन्त्री यादवमाथि कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए ।

युवा संघका मधेस प्रदेश अध्यक्ष ईद मोहम्मद साफी जानी खान मधेसीले अगामी निर्वाचनमा एमाले दुई तिहाई बहुमत ल्याउने डरले सरकारले निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाए । उनले पदीय मर्यादा बिर्सिँदै हिंसात्मक अभिव्यक्ति दिएकाले मन्त्री यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त नगरि लोकतन्त्रको धज्जी उडाएको उनले आरोप लगाए । मन्त्री यादवलाई बर्खास्त नगरे आफूहरु कडा आन्दोलनमा उनले चेतावनी दिए ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ७ : ०२ बजे

खामेनीको अन्त्येष्टिबीच अमेरिका–इरानबीच फेरि सैन्य आक्रमण

काठमाडौं– अमेरिका र इरानबीच सैन्य आक्रमणको श्रृङ्खला जारी रहँदा, इरानका दिवंगत

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६