प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी सक्षम ःप्रधानमन्त्री | Khabarhub Khabarhub

प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी सक्षम ःप्रधानमन्त्री


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बल नेपाल सक्षम रहेको बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपालको २१ औँ स्थापना दिवस समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरीले नेपाल सरकारबाट निर्दिष्ट भूमिकालाई कुशलतापूर्वक निभाएकोमा प्रशंसा समेत गरे ।

प्रधानमन्त्री देउवाले भने, “मुलुकमा संकट आउँदा, असामान्य परिस्थितिमा विनाशकारी भूकम्प तथा जुनसुकै विपद्का बेला र कठिन परिस्थितिका बाबजुद उद्धार, राहत एवं सुरक्षा चुनौतीको सामना गरेको छ, आफ्नो भूमिकालाई कुशलतापूर्वक निभाउनु प्रशंसनीय छ ।”

उनले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले खेलेको भूमिका पनि महत्वपूर्ण रहेको बताए । क्षमता सीप विकास, संगठन सुदृढीकरण र वृत्तिविकासमा नेपाल सरकार सहयोगी बन्ने विश्वास व्यक्त गरे । उनले आवश्यकताको पहिचान गरी अघि बढ्न पनि सशस्त्र प्रहरीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले शान्ति सुरक्षा कायम गर्न दिएको जिम्मेवारी पूरा गर्न सफलता मिलोस् भनी शुभकामना पनि दिनुभयो । उनले आम नागरिकप्रतिको विश्वास बढाउँदै सुशासन कायम गराउनका लागि सुरक्षित वातावरण निर्माण गर्न र भ्रष्टाचारको शून्य सहनशीलतालाई अक्षरश पालना गर्दै जनताको शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकार रक्षा गर्न सक्ने गरी प्रभावकारी सुरक्षाको वातावरण मिलाउन निर्देशन समेत दिए ।

उनले नेपाल सरकारको लक्ष्य पूरा गर्न थप सिर्जनशीलताका साथ आफ्नो उत्तरदायित्व पूरा गर्ने विश्वास पनि व्यक्त गरे । मुलुकको पहिलो, दोस्रो संविधानसभा निर्वाचन र संघीय निर्वाचनमा सशस्त्र प्रहरीले अहम् भूमिका खेलेको स्मरण गरे ।

प्रधानमन्त्री देउवाले आगामी तीनै तहका निर्वाचन स्वच्छ, निष्पक्ष, मर्यादित र पारदर्शी ढंगले सम्पन्न गराउन सशस्त्र प्रहरीले विगतमा झैँ महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ७ : २० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी