एमाले रौतहट जिल्ला पदाधिकारीद्वारा पदभार ग्रहण « Khabarhub

एमाले रौतहट जिल्ला पदाधिकारीद्वारा पदभार ग्रहण


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– नेकपा एमाले रौतहटका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । आइतबार रौहतटको सदरमुकाम गौरमा अवस्थित पार्टी कार्यालयमा पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् ।

यहीँ माघ २ गते कटहरिया सम्पन्न सो पार्टीको नवौँ जिल्ला अधिवेशनबाट सर्वसहमत रुपमा चुनिएका पदाधिकारीहरुले पदभार ग्रहण गरेको जिल्ला अध्यक्ष त्रिभुवन साहले जानकारी दिए ।

पदभार ग्रहण गर्दै अध्यक्ष साहले अब आफूहरु नेकपा एमालेलाई रौतहट जिल्लामा एक नम्बरको पार्टी बनाउन एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । उनले गाउँ, नगर प्रदेश अनि देशको विकास नेकपा एमालेले मात्र गर्न सक्ने जनाउँदै नेकपा एमालेलाई अब हुने तिनै तहको निर्वाचनमा रौतहटमा पहिलो पार्टी बनाउने लक्ष्य सहित आफुहरुले काम गर्ने बताए ।

जिल्ला सचिव बाल बिक्रम कार्कीले अहिलेको जिल्ला कमिटिमा युवा र अनुभवीको समिश्रण भएकाले पार्टी नेतृत्व पंक्ति र कार्यकर्ताको चाहना बमोजिम काम गर्दै पार्टीलाई सफल बनाउने विश्वास व्यक्त गरे । उनले समग्र पार्टी पंक्तिलाई एकजुट बनाएर लैजाने भन्दै ठोस कार्ययोजना बनाएर पार्टीलाई जिल्लामा सफलता दिलाउने जनाए ।

कार्यक्रममा नेकपा एमालेका नेताहरु अब्दुल कलाम आजाद, जयचन्द पटेल, राम किशोर साह, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना साह, कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाह, पवन पटेल, निवेश यादवलगायतको उपस्थिति रहेको थियो ।

नवौँ जिल्ला अधिवेशनले साहको अध्यक्षतामा १ सय ३५ सदस्य जिल्ला कमिटिको सर्वसहमत चयन गरेको थियो । कमिटीको उपाध्यक्षमा दिपक यादव, सचिवमा बाल बिक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेल रहेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : ३४ बजे

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल