एक दिवसीय सिरिज : भारतमाथि दक्षिण अफ्रिकाको क्लिन स्विप « Khabarhub

एक दिवसीय सिरिज : भारतमाथि दक्षिण अफ्रिकाको क्लिन स्विप


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीन खेलको एक दिवसीय सिरिजमा दक्षिण अफ्रिकाले भारतमाथि क्लिन स्विप गरेको छ । केपटाउनमा भएको खेलमा दक्षिण अफ्रिकाले आइतबार राति तेस्रो एक दिवसीयमा भारतलाई ४ रनले हराउँदै सिरिज ३–० ले जितेको हो ।

दक्षिण अफ्रिकाले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर २ बलमा २८३ रन बनाएर अलआउट भयो ।

भारतका लागि विराट कोहली ६५, शिखर धवन ६१ र दीपक चाहर ५४ रनको अर्धशतकीय इनिङ्स खेले पनि जितका लागि पर्याप्त भएन । सूर्यकुमार यादवले ३९ रन बनाउँदा श्रेयस आयर २६ र कप्तान केएल राहुल ९ रनमा समेटिए ।

भारतविरुद्धको खेलमा दक्षिण अफ्रीकाका लुंगी एनजीडी र एडिलेले ३–३ विकेट लिए भने ड्वाने प्रिटोरीउसले २ विकेट हात पारे ।

पहिला ब्याटिङ गरेको अफ्रिकाले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ८७ रन बनाएको थियो। उसका लागि क्विन्टन डी ककले १ सय २४ रनको शतकीय इनिङ्स खेलेका थिए ।

दक्षिण अफ्रिकाका भान डेर डुसेन ५२ र डेभिड मिल्लरले ३९ रन बनाएका थिए । भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिँदा दीपक चाहर र बुम्राहले २–२ विकेट हात पारे । दक्षिण अफ्रिकाले भारतविरुद्धको एक दिवसीयमा क्लिन स्विप गरेर खेललाई रोचक बनाएको छ ।

 

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ५ : ३२ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर