स्वदेश फर्किएर पुनले भने– मैले महासचिवमा दावी गरेकै हो | Khabarhub Khabarhub

स्वदेश फर्किएर पुनले भने– मैले महासचिवमा दावी गरेकै हो


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपचार गरी नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्किएका छन् ।

जन्डिसको समस्या आएपछि गत असोजमा बैंकक र त्यसपछि चीनमा उपचार गरेर पुन सोमबार काठमाडौँ फर्किएका छन् ।

स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी नेता पुनले पार्टीको महासचिवमा आफ्नो दाबी रहेको बताएका छन् । यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए । तर सहमतिमै नेतृत्व छानिने उनले बताए ।

पूर्वमन्त्री पुनले आफू उपचारका क्रमका रहेका कारण महाधिवेशनमा भाग लिन नपाएको बताउँदै महाधिवेशनबाट पारित नीति र कार्यक्रमप्रति आफ्नो समर्थन रहेको प्रतिबद्धता रहेको बताए ।

केन्द्रीय कमिटी र पार्टी अध्यक्षसमेत सहमतिमै छानिएकाले अब पदाधिकारीहरु पनि सहमतिमै छानिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ८ : ४५ बजे

दशैँले एकतालाई अझ सुदृढ बनाउँछ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँले समुदाय,

दशैँमा पनि तनहुँ जलविद्युतको काम निरन्तर

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय ४० मेगावाट

दशैँ : व्याख्या, बखान र महत्त्व

सांस्कृतिक धरोहरका रुपमा रहेको नेपालमा कयौं यस्ता सांस्कृतिक गरिमामय परम्परा

विजयादशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस् : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल गएराति स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका