राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ बाहेकमा मतदान नगर्न राप्रपाको निर्देशन « Khabarhub

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ बाहेकमा मतदान नगर्न राप्रपाको निर्देशन


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाले बुधबार (भोलि) १९ सिटका लागि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ बाहेकमा मतदान नगर्न आफ्ना प्रतिनिधिलाई निर्देशन दिएको छ ।

राप्रपाको मंगलबार बसेको बैठकले प्रदेश १ मा पार्टीका उम्मेदवारद्वय अम्बरबहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न र अन्य प्रदेशहरुमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

विज्ञप्ति

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मा.राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले राष्ट्रिय सभा निर्वाचन सम्बन्धमा देहाय बमोजिम निर्णय गरेको छ ।

यही माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नंं १ मा पार्टीका उम्मेदवारहरु अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिने र अन्य प्रदेशहरुमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरियो ।

भुवन पाठक
महामन्त्री

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ३ : ३० बजे

इरानविरुद्ध अमेरिकाको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा इयू पनि जोडियो

ब्रसेल्स- अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने अमेरिकी

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी

रसुवा बाढीका घाइतेलाई सञ्चारमन्त्री तिमिल्सिनाले भेटे (तस्बिरहरू)

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी

दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (भिडियोसहित)

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका–९ भट्टारमा ठूलो पहिरो खसेपछि चौलानी

भोटेकोशी बाढीको नवौँ दिन यसरी चलिरहेको छ खोज, उद्धार र राहत अभियान

काठमाडौं- रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज, राहत तथा उद्धारको