कोरोना सम्बन्धी सचेतना जगाउँदै तेह्रथुमका प्रमुख जिल्ला अधिकारी | Khabarhub Khabarhub

कोरोना सम्बन्धी सचेतना जगाउँदै तेह्रथुमका प्रमुख जिल्ला अधिकारी


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको बेला तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे जिल्लाका मुख्य मुख्य बजारमा नागरिकलाई सचेत गराउन आफै निस्किएका छन् ।

जिल्ला सदरमुकाम म्याङ्लुङ, फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजार, जिरी लसुने, वसन्तपुर तथा छथर गाउँपालिकाको केन्द्र शुक्रवारे बजारलगायत स्थानमा घिमिरे निस्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुरसहितको टोलीको साथमा उनी बजार क्षेत्रमा नागरिकलाई सचेत गराउँदै आएका छन् । तपाईंको मास्क खै? अभियानका साथमा प्रमुख जिल्ला अधिकारी बजार केन्द्रहरूमा सचेतना कार्यक्रम गर्दै आएका हुन्। गृह मन्त्रालयको निर्देशन अनुसार जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिको बैठकबाट निर्णय भए अनुसार सभा समारोह, भेला जस्ता कार्यक्रमहरूमा २५ जना भन्दा बढी नागरिकलाई भेला हुन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण नहुने भएकाले नागरिक आफै सचेत हुन आवश्यक रहेको घिमिरे बताए । समितिले नागरिकहरूलाई पहिलो चरणमा जनचेतना दिने,सल्लाह परामर्श दिने र अटेर गर्नेलाई एक सय रुपैयाँ कारबाही गरिने प्रहरी निरीक्षक ठाकुरले बताए ।

उनका अनुसार अहिलेसम्म जिल्लामा एक सय ५२ जनालाई कारबाही गरिएका छन् । बजार केन्द्रमा मास्क नलाई हिँडेमा प्रहरीले एक सय रुपैयाँ कारबाही स्वरुप लिने जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  १० : ५९ बजे

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगो – कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा आइतबार राति भएको

सभामुख घिमिरे जेनेभा प्रस्थान

काठमाडौं – सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त

प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूूर्यविनायकमा नयाँ रङ्गशाला

सुख्खाग्रस्त वीरगञ्जमा ‘अभियान सहारा’ले पठायो १२ सय लिटर पिउने पानी

काठमाडौं- नेकपा एमालेका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश पौडेलको