बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ « Khabarhub

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– १५ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वीरगञ्जबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–२३ सबैठवा बस्ने २० वर्षीय युवक भनु यादव भनिने मुन्ना यादवलाई पक्राउ गरिएको हो।

पक्राउ परेका यादवले पीडित बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगी पटक–पटक जबरजस्ती करणी गर्दै आएको प्रहरीले जनाएको छ।

गत माघ ५ गते राति उनले पीडित बालिकालाई वीरगञ्ज–१५ भिस्वा स्थित साथीको डेरामा लगी पुनःकरणी गरेको बालिकाका अभिभावकले प्रहरीमा जाहेरी दिएपछि यादवलाई उनकै घरबाट पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

उनलाई जबरजस्ती करणी मुद्दामा अदालतबाट ६ दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको खनालले बताए।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  १० : १० बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट