नागार्जुनका नगरप्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा (विवरणसहित) | Khabarhub Khabarhub

नागार्जुनका नगरप्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा (विवरणसहित)

सम्पत्ति शुद्धीकरणतर्फ १३ करोड, भ्रष्टाचारतर्फ नौ करोड रुपैयाँ मागदावी


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बस्नेतविरुद्ध यी दुई कसुरमा आइतबार मुद्दा दायर गरेको हो ।

घुस रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बद्ध कसूर भई सम्पत्ति शुद्धीकरण सम्बन्धीसमेत कसूर गरेको सम्बन्धमा आयोगले कँडेलबाट १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो कायम गरेको छ । बस्नेतसहित उनकी पत्नी उर्मिला बस्नेतविरुद्ध पनि मुद्दा लागेको छ ।

बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रालिका संचालकरअध्यक्ष राजुप्रसाद कँडेलबाट गैरकानूनी रूपमा जग्गा तथा रकम प्राप्त गरी उक्त जग्गा बिक्री समेत गरी सम्पत्ति शुद्धीकरण गरेको उजुरी आयोगमा परेको थियो ।

उजुरीमाथि अनुसन्धान हुँदा बस्नेतले नगर प्रमुखको पद तथा ओहदाको दुरुपयोग गरी नागार्जुन नगरपालिकामै कार्यक्षेत्र रहेको घररजग्गा व्यवसायी पद्मा कोलोनी प्रालिरपद्मा मर्चेन्ट कम्पनी प्रालिरजगतगुरु कृपालु प्रतिष्ठान नेपालका संचालकरअध्यक्ष राजुप्रसाद कँडेलबाट घुसररिसवत लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएकोरदिन लगाएको भेटिएको आयोगले जनाएको छ ।

उक्त प्रतिष्ठानलाई व्यक्ति तथा संघसंस्थाहरूबाट विदेशी सहायता सात अर्ब ४८ करोड रुपैयाँ प्राप्त गर्न सहमती दिए दिन लगाएको, उक्त प्रतिष्ठानको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबाट हुने पत्राचारसमेत आफ्नै दस्तखतबाट गरेको पाइएको थियो ।

आयोगका अनुसारस सोही प्रतिष्ठानले नागार्जुन नगरपालिकाभित्र मन्दिर निर्माण गर्ने भनी विभिन्न जग्गा प्रतिवादी राजुप्रसाद कँडेल तथा निजको कम्पनीलाई उपलब्ध गराउन सम्झौता गरेरगराएको भेटियो । सम्झौता कार्यान्वयन गर्नरगराउन जग्गा धनीहरूलाई गफलतमा पारी सम्झौता गर्न लगाएको खुल्यो ।

नगर प्रमुख बस्नेतले तीन करोड ७२ हजार रुपैयाँ रकम जग्गाधनीहरूलाई भुक्तानी दिई जगदगुरु कृपालु प्रतिष्ठान नेपालले निर्माण गर्ने मन्दिरको लागि जग्गा लिने भनी बैनाबट्टा गरे गराएको पनि पाइएको छ ।

बजार मूल्य ४७ करोड ७५ लाख रुपैयाँ पर्ने ती जग्गाबापत पद्मा कोलोनी प्रालिले जग्गाधनीहरूलाई जम्मा १८ करोड ९४ लाख १८ हजार ४४८ रुपैयाँ भूक्तानी दिएको भेटिएको आयोगले जनाएको छ । राजस्व र बैनाबट्टा रकमसमेत गरी जम्मा २३ करोड २२ लाख २७ हजार रुपैयाँ भुक्तानी गरी ती जग्गा बजार मूल्यभन्दा करिब २४ करोड ५२ लाख ७३ हजार रुपैयाँ कममा कँडेलको कम्पनीलाई बेचिएको थियो ।यसो गर्नका लागि बस्नेतपत्नी उर्मिलाको पनि मिलेमतो रहेको विशेष अदालतमा दायर आरोपपत्रमा उल्लेख छ ।

सो काम गरिदिएबापत बस्नेतले बैंक खातामार्फत दुई करोड १५ लाख ७३ हजार ३९५ रुपैयाँ ३३ पैसा, थप ६ करोड ८२ लाख रुपैयाँ मूल्य बराबरको जग्गा लिएको खुलेको छ । साथै, उनले वैवाहिक भोज गर्दा कँडेललाई शंकर होटलमा २४ लाख ७२ हजार ६३७ रुपैयाँ ३३ पैसासमेत भुक्तानी गर्न लगाएका थिए ।

प्रतिवादी बस्नेत दम्पतीले सो काम गरिदिएबापत पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा सो कम्पनीका सञ्‍चालक राजुप्रसाद कँडेलबाट जम्मा नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा लिएको कसुर वारदात पुष्टि भएको आयोगले जनाएको छ ।

यो रकमको गैरकानूनी स्रोत लुकाउन प्रतिवादीहरूको आपसी मिलेमतो र योजनामा घर निर्माण गरेको, विभिन्न व्यक्तिलाई भुक्तानीसमेत गरेरगराएको, सम्पत्तिको गैरकानूनी स्रोत लुकाएको, रुपान्तरण तथा हस्तान्तरण गरेको देखिएको आरोपपत्रमा उल्लेख छ । निजहरूले १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा सम्पत्ति शुद्धीकरण पाइएको आयोगले जानकारी दिएको छ ।यो रकम निजहरूको नाममा रहेको जग्गा र सम्पत्ति जफत गरी असुलउपर गर्न आयोगले मागदाबी लिएको छ ।

पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा उक्त कम्पनीका संचालकरअध्यक्ष राजुप्रसाद कँडेलले मुख्य कसूरदार प्रतिवादी मोहन बहादुर बस्नेतले गरेको सम्पत्ति शुद्धीकरणमा दुरुत्साहन, मद्दत र सहजीकरणसमेत गरी कसुर गरेको पुष्टि भएकाले १३ करोड १३ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो कायम गरी सम्पत्ति/जग्गा समेत जफतरअसुल उपर गरी पाउन आयोगको मागदाबी छ ।

आरोपपत्रको विवरणः

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ४ : २१ बजे

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल पुस २१ गते आइतबार तदनुसार

आज २०८१ साल पुस २१ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस २१ गते आइतबार तदनुसार

छिन्नमस्ता गाउँपालिकाद्वारा निःशुल्क विद्युतीय मिटर वितरण

सप्तरी – जिल्लाको छिन्नमस्ता गाउँपालिकाले विद्युत् पहुँचबाट टाढा रहेका पालिकाभित्रका

म्यान्माको सैनिक सरकारद्वारा छ हजार कैदीलाई आममाफी दिने

म्यान्मा – म्यान्मारको जुन्टा सरकारले देशको स्वतन्त्रता दिवसको उपलक्ष्यमा वार्षिक