राष्ट्रिय सभा निर्वाचन- गण्डकी प्रदेशमा पनि गठबन्धनकै नेताको जित « Khabarhub

राष्ट्रिय सभा निर्वाचन- गण्डकी प्रदेशमा पनि गठबन्धनकै नेताको जित


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन् । बुधबार भएको राष्ट्रियसभा निर्वाचनको मतगणनामा गठबन्धनका तीन उम्मेदवार विजयी भएका हुन् ।

गठबन्धनका कमला पन्त, सुरेशबहादुर आले र भुवन सुनार विजयी भएका छन् । महिलातर्फ नेपाली कांग्रेसकी उम्मेदवार कमला पन्तले ३ हजार ८४ मतभार प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिद्वन्दी एमाले उम्मेदवार लीला थनेतले २ हजार ७२४ मतभार पाएकी छन् । त्यस्तै, भुवन सुनारले तीन हजार ४८ मतभार ल्याएका छन् ।

आलेले भने ३ हजार ९६ मत प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशसभाका ५९ सांसद, ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १६८ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ६ : ४३ बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ