एमाले अब थप मजबुद हुन्छ- महासचिव पोखरेल « Khabarhub

एमाले अब थप मजबुद हुन्छ- महासचिव पोखरेल


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले सबैभन्दा बलियो र आगामी निर्वाचनमा एक्लै जित्ने हैसियतमा रहेको पुष्टि गरेको बताएका छन् ।

एमालेकै नाममा जनताबाट भोट लिएर खरिद बिक्रिमा लागेका माधवकुमार नेपालसहितका नेताहरु सहभागी सरकारमा रहेका पाँच दलले एमाले भन्दा झिनो मतले मात्र बिजयी हुनु र एमालेको आफ्नो मतभन्दा बढी मत आउनुले आगामी निर्वाचनमा एमाले एक्लै बिजयी हुने प्रष्ट संकेत गरेको महासचिव पोखरेलको भनाइ छ ।

यस्तो छ महासचिव पोखरेलको निश्कर्ष

राष्ट्रिय सभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज बन्न पुगेको छ । किनकी वहुमतको वामपन्थी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरुप यस चुनाव मार्फत प्रचण्ड र माधव नेपालहरुले आफ्नो दलिय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरेका छन् ।

तर पनि यस निर्वाचनमा पाँच दलिय गठवन्धनका उम्मेद्वारले गठवन्धनको मतभारभन्दा कम मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का अधिकांश उम्मेद्वारले आफ्नो दलिय भोटभन्दा वढिमत प्राप्त गर्न सफल भएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुको अतिरिक्त भोट नेकपा (एमाले) का उम्मेद्वारलाई प्राप्त भएको छ । यसवाट स्थानिय तहलाई कमजोर बनाउने गठवन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ ।

गठवन्धनका अन्य उम्मेद्वारको तुलनामा नेपाली कांग्रेसका उम्मेद्वारले सबै प्रदेशमा कम भोट पाएका छन् । पाँच दलीय गठवन्धनको मोर्चावन्दीका बीचवाट प्रदेश १मा नेकपा (एमाले) का एकजना उमेद्वारले विजय हासिल गरेका छन् । एकजना वरावरी मत आएर गोलावाट पराजित भएका छन् ।

यस निर्वाचन पछि पनि राष्ट्रिय सभामा नेकपा (एमाले) पहिलो दलको हैसियतमा कायम छ । अव हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकोले गठवन्धन कमजोर हुने र नेकपा (एमाले) थप सुदृढ हुने आधार समेत यस निर्वाचनले संकेत गरेको छ । परिणाम प्रतिकुलहुने निश्चित जस्तै रहेको अवस्थामा पनि उत्साहपूर्वक नेकपा९एमाले०का उम्मेद्वारका पक्षमा मतदान गर्ने सबै जनप्रतिनिधिहरुलाई हार्दिक धन्यवाद ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १० : ०१ बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ