विश्वभर कोरोना संक्रमितको संख्या ३६ करोड नाघ्यो « Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या ३६ करोड नाघ्यो

२४ घण्टामा ९ हजार ७ सयको मृत्यु


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ३६ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा ३३ लाख ४९ हजार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३६ करोड २७ लाख नाघेको हो।

योसँगै विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ करोड नाघेको छ। जसमध्ये ९६ हजारको अवस्था जटिल र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

पछिल्लो २४ घण्टामा १९ लाख ७० हजार निको भएसँगै कोरोना जित्नेको सङ्ख्या २८ करोड ६५ लाख नाघेको छ।

यस्तै २४ घण्टामा ९ हजार ७ सयको मृत्यु भएको छ। योसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख ४४ हजार पुगेको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ।

बुधबार विश्वभर ३४ लाख ९५ हजार नयाँ सङ्क्रमित थपिँदा २३ लाख ७१ हजार निको भएका थिए भने १० हजारको मृत्यु भएको थियो।

नेपालमा तीव्र संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ८४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ५४९ जनाको पीसीआर परीक्षणमा ५५७१ र ६ हजार ८१० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २८८३ जनामा कोरोना पुष्टि भएको हो ।

२४ घण्टामा ५ कोरोना संक्रमितको मृत्यु भएको छ। सोह अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ४४३३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ८९ दशमलब २ रहेको छ । तीव्र रुपमा फैलिएको नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ । काठमाडौं उपत्यकामा मात्रै ५५ हजार ८०९ सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ५ : ५५ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।