डेढ एक करोडको सामानसहित ट्रक नियन्त्रणमा « Khabarhub

डेढ एक करोडको सामानसहित ट्रक नियन्त्रणमा


१३ माघ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – राजस्व छलेर भारतबाट भित्र्याइएको रु एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।

बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक अगाडीको सडकखण्डबाट प्रहरीले ना ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो ।

सो क्रममा प्रहरीले ट्रक चालकलाई समेत नियन्त्रणमा लिएको छ । चालकसहित ट्रकलाई आवश्यक कारवाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ८ : २४ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि