दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो « Khabarhub

दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो


१३ माघ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दिल्ली विपद् प्रबन्ध प्राधिकरण (डीडीएमए)ले दिल्ली क्षेत्रमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्थालगायत केही प्रतिबन्धमाथि समीक्षा गर्दै हटाउने निर्णय गरेको छ ।

डीडीएमएले राजधानी दिल्लीका रेष्टुरेण्ट र बार, सिनेमा घरमा समेत ५० प्रतिशत ग्राहक, दर्शक राखेर सञ्चालन गर्न सक्ने जनाएको छ ।

विद्यालय खुलाउने विषयमा भने आगामी बैठकमा निर्णय हुने डीडीएमए स्रोतलाई उदृत गर्दै भारतका समाचार संस्थाहरूले समाचार लेखेका छन् । साथै, दिल्लीमा अझै केही दिन रात्रिकालीन कर्फ्यू जारी रहने पनि बैठकले निर्णय गरेको छ ।

यस्तै, विवाह समारोहमा अब दुई सय जनासम्म सहभागी हुन सक्ने पनि निर्णय भएको छ । यसअघि डीडीएमएले विवाह समारोहमा जम्मा ५० जनामा मात्रै सहभागी हुन पाउने निर्णय गरेको थियो ।

दिल्लीमा कोभिड संक्रमणदर १० प्रतिशतभन्दा कममा झरेसँगै डीडीएमएले यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ४ : २८ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व