काठमाडौं – केपी ओली र माधवकुमार नेपाल अलगअलग पार्टी अध्यक्ष भए पनि नेकपा (एमाले)भित्र उनीहरुको गुट युद्ध बाँकी छ।
१० बुँदे सहमतिपछि माधव नेपाल समूहका १० नेता पार्टी अध्यक्ष ओलीसँगै मिलेपछि एमाले पार्टीबाट वरिष्ठ नेता नेपाल अलग भए पनि उनको गुट त्यहाँ जीवित छ।
त्यो गुट शीर्ष नेतृत्वदेखि भातृ संगठनसम्म देखिन्छ। केपी ओली गुटका पहरेदार प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत र माधव नेपाल गुट छोडेर एमालेमै बसेका चौतारी महासचिव राजेश राईबीचको विवाद शुक्रबार राति छताछुल्ल भएको हो।
शनिबार चौतारीले आयोजना गरेको कार्यक्रमको विषयमा आफूलाई जनकारी नभएको भन्दै महासचिव राईले अध्यक्ष बस्नेतसँग आपत्ति जनाएपछि चौतारी अध्यक्ष र महासचिवको विवाद छताछुल्ल भएको हो।
पार्टी एकताका लागि भएको १० बुँदे सहमति अनुसार योगेश भट्राई ओली गुटमा लागेपछि एमालेमै रोकिएका महासचिव राईप्रति अध्यक्ष बस्नेत रुष्ट छन्। मन नमिले पनि गुटका नेता मिलेपछि बाध्यताले चौतारीमै रोकिएका राईले बस्नेतसँग फोन संवाद गरे लगत्तै बस्नेतले राईविरुद्ध फेसबुकमा लेखेका हुन्।
राईले फोन गरेर आफू माधव गुटको भएको र माधव नेपालले चौतारी सकाउन पठाएको बताएको भन्दै बस्नेतले तल्लो स्तरको स्टाटस लेखेका छन्। राईले आफूलाई केपी ओलीको दलाल भनेको बस्नेत स्वयम्ले लेखेका छन्। ‘हेलो प्रेस चौतारी अध्यक्ष गणेश बस्नेत, तँ त एमाले र केपी ओलीको दलाल रहिछस, म महासचिव हुँ, म त प्रचण्ड, जुगल र योगेशको खास मान्छे हुँ, तँ त केपी ओली र एमालेको खास मान्छे रहिछस्’, राईलाई उद्धृत गर्दै बस्नेतले लेखेका छन्, ‘अब मलाई केही नभन्नु, म प्रेस चौतारीको नाममा केही पनि गर्न दिन्न, म त माधव नेपालको खास मान्छे हुँ बुझिस्। माधव कमरेडले तेरो संगठन सकाउन मलाई पठाएको हो।’
मलाई ‘इमोसनल ब्लाकमेलिङ’ भयो : महासविच राई
उता राईले भने आफूलाई शनिबारको कार्यक्रमबारे जानकारी किन नगराएको भनेर प्रश्न मात्र गर्दा इमोसनल ब्लाकमेलिङ भएको बताएका छन्। बस्नेतको स्टाटसको स्क्रिन सट राख्दै राईले उनको भनाइप्रति आपत्ति जनाएका हुन्।
राईले बस्नेतको स्टाटस पढेर आफू अचम्भित भएको उल्लेख गरेका छन्। शुक्रबार राति १० बजेर चार मिनेट जाँदा तीन मिनेट कुरा भएको कार्यक्रमबारे महासचिवले फेसबुकबाट थाहा पाएँ भनेको मात्र उल्लेख गरेका छन्। राईले कार्यक्रमको विषयमा आफ्नो आपत्ति जनभएको भन्दै थपेका छन्।
राईको स्टाटस जस्ताको तस्तै :
प्रतिक्रिया