अवैध काठ ओसारपसार गर्ने तीन जना पक्राउ « Khabarhub

अवैध काठ ओसारपसार गर्ने तीन जना पक्राउ


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया–बर्दियाको राजापुरमा अवैध रुपमा काठ ओसारपसार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध काठा ओसारपसार भइरहेको सूचना पाएसँगै प्रहरी बर्दिया नगरपालिका–९ चैनपुरबाटबाट तीन जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा ३१ वर्षीय लक्ष्मण थारु, २४ वर्षीय विनय थारु र २२ वर्षीय पहरु थारु रहेका छन् । उनीहरुलाई ४० क्युफिट सिसौको काठको गोलियासहित पक्राउ गरिएको हो । काठ ओसार पसारमा प्रयोग गरिएको डल्लप तथा भे ७ प ४६६४ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

यस्तै प्रहरीले भोगपुरस्थित मिल नजिक खेतमा लुकाई राखेको २८ क्युफिट सिसौको काठसमेत बरामद गरेको छ । पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १० : ३५ बजे

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

गण्डकी – पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको

काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१