एमसीसीबारे समान धारणा बनाउन गठबन्धनका नेतासमक्ष प्रधानमन्त्री देउवाको प्रस्ताव « Khabarhub

एमसीसीबारे समान धारणा बनाउन गठबन्धनका नेतासमक्ष प्रधानमन्त्री देउवाको प्रस्ताव


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई गठबन्धनका सबै दलले एकै धारणा बनाएर संसदमा लैजानुपर्ने बताएका छन् ।

स्थानीय चुनाव जेठभित्र गर्ने सहमति भएको गठबन्धन बैठकपछि आज पुनः बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकमा प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन् । एमसीसी चाँडै संसदबाट पास नगराए कूटनीतिक जटिलता आउने उनले बताएको खबरहबसँग एक नेता बताए ।

बैठकमा देउवाले भने, ‘एमसीसी संसदमा लैजान अब विलम्ब गर्न हुन्न । ढिला भए कूटनीतिक समस्या आउँछ । एमसीसीलाई अघि बढाउन गठबन्धनको समान धारणा बनाउनुपर्छ । अनि तीनै चरणको निर्वाचनसम्म गठबन्धन कायम हुनुपर्छ ।’

बैठकमा देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी नेपालका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत ७ जना सहभागी थिए ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १० : ३८ बजे

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ

भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली

सप्तरी– सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतहरु स्टिभ विटकफ र ज्यारेठ कुश्नरले रुसको भ्रमण गर्ने

काठमाडौं- युक्रेनमा जारी युद्ध अन्त्यका लागि कूटनीतिक पहलले तीव्रता पाएको

सुरुङमा फसेको छोरो १० दिनपछि छोरो जीवितै भेटिँदा परिवारमा खुसीका आँसु

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १०

‘नेपालले वातावरणीय विनाश नगरेपनि क्षति भोग्नु पर्‍यो, विकसित देशसँग क्षतिपूर्ति माग्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता