मदिराको अवैध कारोबार गर्ने चार पक्राउ | Khabarhub Khabarhub

मदिराको अवैध कारोबार गर्ने चार पक्राउ


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले भारतबाट चोरी पैठारी गरी नेपालमा रक्सीको अवैध कारोबार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा गादी घर भई बुढानिलकण्ठ क्षेत्रमा बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा काठमाडौंका शैलेश पन्त, पर्सा सुवर्णपुर घर भई हाँडीगाउँ बस्ने रविन पाख्रिन र सर्लाही बरहथवा घर भई चाबहिल बस्ने नारायणप्रसाद घिमिरे छन् ।

प्रहरीले पक्राउ व्यक्तिहरुको साथबाट रेड लेबल, ब्ल्याक लेबल, अबसोलुट भोड्कालगायतका रक्सीहरु भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको विशेष टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चातः थप अनसन्धान तथा कारबाहीको लागि आइतबार राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको छ । बख्रेलले विगत ३ महिना अगावै प्रथम पटक १६० काटुन, दोस्रो पटक २०० काटुन र तेस्रो पटक ३०० कार्टन ब्ल्याक लेबल, रेड लेबल, विभास रिंगल र ऐप्सुलेट भोड्का ल्याई गैरकानुनी रुपमा विक्रि वितरण गरेको प्रहरीले जनाएको छ ।

https://www.facebook.com/watch/?v=4702787349786282

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  १ : ४५ बजे

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले

कतार एयरवेजको जहाज ढाका ‘डाइभर्ट’

काठमाडौं – कतार एयरवेजको जहाजको जहाज ढाका डाइभर्ट गरिएको छ।