आज ६९ औँ विश्व कुष्ठ रोग दिवस « Khabarhub

आज ६९ औँ विश्व कुष्ठ रोग दिवस


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज ६९ औँ विश्व कुष्ठ रोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण औपचारिक कार्यक्रमहरू नगरिए पनि स्वास्थ्यसम्बद्ध निकायहरूले सामान्य रूपमा सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाएका हुन् । ‘शून्य कुष्ठ रोगका लागि हाम्रो प्रतिबद्धता, आत्म सम्मानका लागि ऐक्यवद्धता’ भन्ने नाराका साथ नेपालमा यो दिवस मनाइएको छ ।

कुष्ठ रोग दिवस सन् १९५४ देखि विश्वभर मनाउन थालिएको हो । जनवरी महिनाको अन्तिम आइतबारका विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ । सन् २०१० मा नेपाललाई कुष्ठ रोग निवारण भएको मुलुक घोषणा गरिएको थियो । तर, पनि नयाँ बिरामी देखिने क्रम रोकिएको छैन । नेपालमा हरेक वर्ष करिब तीन हजार बिरामी थपिने गरेको सरकारी तथ्यांक छ ।

कुष्ठ रोगको समयमै उपचार हुन नसके रोगीहरू अपाङ्ताको शिकार हुने र ज्यानसमेत जाने जोखिम हुन्छ । समयमै उपचार गराए यो रोग पूर्ण रूपमा निको हुन्छ । तर, रोग लुकाउने र घरपरिवारले पनि घरमा कोही कुष्ठ रोगी भएको बताउन नचाहने सोचका कारण पनि उल्मूलनमा बाधा उत्पन्न हुँदै आएको छ ।

शरीरको कुनै पनि भागमा लाटो वा फुस्रो दाग देखा पर्नु, विस्तारै दागमा रौँ झरेर जानु, पसिना नआउनु र नचिलाउनु यस रोगका लक्षण हुन् ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ३ : २८ बजे

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै