सहाराविहीन लिम्बुनीलाई सहयोग « Khabarhub

सहाराविहीन लिम्बुनीलाई सहयोग


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – तेह्रथुमको छथर गाउँपालिका-३ पञ्चकन्या लुकुवाकी सहाराविहिन श्रीहाङमा लिम्बुनीलाई सहयोग प्रदान गरिएको छ ।

एक्लो परिवारकी लिम्बुनी कष्टकर जीवन बिताउँदै आएको समाचार प्रकाशन तथा प्रसारण भएपछि फक्ताङलुङ गाउँपालिका- ३ खेबेङमा जन्म भई हाल बेलायतमा रहेका गायक तथा समाजसेवी मान तबेबुङ नाजमले लिम्बुनीलाई बाँचुनजेलसम्मलाई चामल सहयोग गर्ने भएका हुन्।

उनले पहिलो चरणमा चामल,फलफूल लत्ताकपडा लगायतका सामाग्री प्रदान गरेका छन् । त्यस्तै छथर गाउँपालिका-४ फाक्चामारा हाक्पारामा जन्म भई हाल हङकङमा रहेका समाजसेवी शिव ईमेहाङले खाद्यान्य,लत्ताकपडा,भाडावर्तनको साथमा नगद सहयोग गरेका छन।

शारीरिक रुपमा अशक्त रहेकी लिम्बुनीको सहारा कोही नभएका कारण समस्यामा थिइन् । स्थानीय कमल लिम्बु र उनका दिदीका छोरा टेकेन्द्र लिम्बुले हेरचाह गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ११ : ४७ बजे

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी