बक्यौता नतिरे ट्रंक लाइनको विद्युत् लाइन काटिने « Khabarhub

बक्यौता नतिरे ट्रंक लाइनको विद्युत् लाइन काटिने


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – सार्वजनिक लेखा समिति सभापति भरत शाहले ट्रंक लाइनको शुल्क उद्योगीले तिर्नु पर्ने बताएका छन् ।

भैरहवामा पोर्ट मिडियाले आयोजना गरेको संवाद तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहले ट्रंक लाइन उपभोग गरेका उद्योगले त्यसवापतको बक्यौता शुल्क नतिरे विद्युत् लाइन काटिने बताए । संसदीय लेखा समितिले आठ अर्ब विद्युत महशुल पनि असुल गर्न विद्युत् प्राधिकरणलाई पत्राचार गरेको शाहले भने ।

नेपालमा विदेशी मुद्राको संचिती घटे पनि डुब्ने स्थिति नरहेको बताउँदै उनले आयात अत्यधिक मात्रामा रहेकाले केही आर्थिक मन्दी आएको बताए । ‘यसको मुख्य कारण अहिले विदेशी मुद्रा बाहिर जानु हो । यसलाई सन्तुलन गर्न राष्ट्र बैंकले प्रतित पत्रमा विलासीका सामान आयात गर्दा केही कडाइ गरेको छ,’ उनले भने, ‘राष्ट्र बैंकले बैंक ग्यारेन्टीवापतको र स्थानीय तहमा पठाउने रकम वाणिज्य बैंकमा राख्यो भने पनि बजारमा पैसाको अभाव देखिदैन त्यसका लागि समिति मार्फत कुरा राखेको छ ।’

स्थानीय तहहरूले पनि अब विकास निर्माणका काम गर्न पुँजीगत खर्च खर्चिने भएकोले छिट्टै नै बजारमा देखिएको तरलता अभाव हट्ने सभापति शाहको विश्वास छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १ : ३० बजे

तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७ औँ स्थापना दिवस मनाएको

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

एजेन्सी– कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको

‘मतदान सम्पन्न भएको दुई घण्टामा नतिजा आउँछ’

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा मतदान मतदान जारी छ। नेता

दिउँसैसम्म हुस्सु-कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

कञ्चनपुर– यहाँ बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै

यस्तो छ एमाले महाधिवेशनस्थल बाहिरको अवस्था (तस्बिरहरू)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व