विद्युत्तीय सवारी र जलविद्युतमा अष्ट्रेलियाको चासो | Khabarhub Khabarhub

विद्युत्तीय सवारी र जलविद्युतमा अष्ट्रेलियाको चासो


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज उहाँहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो ।

सो अवसरमा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएको उल्लेख गर्दै सन् १९६० देखिको द्विपक्षीय घनिष्ट, सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिइन् । उनले विश्वले सामना गरिरहेको महामारी र जलवायु परिवर्तनका चुनौति बढ्दै गएकाले आपसी सहकार्य पहिलाभन्दा अझ बढी आवश्यक रहेको उल्लेख गरिन् ।

नेपाल–अस्ष्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूतले निर्वाह गरेको भूमिकको प्रशंसा गर्दै मन्त्री भुसालले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ष्ट्रेलियाले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।

राजदूत भोल्कले नेपालको आर्थिक तथा मानवीय क्षमता अभिवृद्धिका लागि अष्ट्रेलिया सरकारले निरन्तर सहयोग गर्ने विश्वास दिलाइन् । भेटका क्रममा उनले जलस्रोत र नवीकरणीय ऊर्जा प्रवद्र्धनमा पनि सहयोग गर्न इच्छुक रहेको उल्लेख गरिन् । राजदूत भोल्कले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न र जलस्रोतका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न चाहेको बताइन् । उनले जल तथा ऊर्जा आयोगको सचिवालयसँग सहकार्य गरी कमला बेसिनमा काम गरिरहेको उल्लेख गर्दै त्यसलाई थप प्रभावकारी बनाएर अगाडि बढाइने बताइन् ।

जलस्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अस्ष्ट्रेलियाको ‘कमनवेल्थ साइन्टिफीक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन’ बीच सन् २०१७ मा समझदारी भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  २ : १५ बजे

एमाले महाधिवेशन : प्रतिवेदन प्रस्तुतीकरण सुरु

गोदावरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रतिवेदन प्रस्तुतीकरण

ओलीको प्रतिवेदन वाचन गर्दै उपमहासचिव ज्ञवाली, यस्तो छ नेपाली विशेषताको समाजवादको अवधारणा

ललितपुर- नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी

तिहारमा पनि दशैँ जस्तै तीन फिल्मको भिडन्त, एकैचोटी दयाहाङका दुई फिल्म

काठमाडौं– तिहार पनि यो फूलपातीमा जस्तै फिल्महरूको भिडन्त देखिने भएको

श्रीलङ्कामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

कोलम्बो- श्रीलङ्कामा हरियो चिया बगान पहाडी सहरहरू भ्रमण गर्ने स्थानीय

सुशासन, विकास, स्थायित्व र स्वाधीनताका पक्षमा प्रतिबद्ध एमालेप्रति जनताको विश्वास बढेको छ : अध्यक्ष ओली

पाटन– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी