त्रिविको स्थगित परीक्षा फागुनमा हुने | Khabarhub Khabarhub

त्रिविको स्थगित परीक्षा फागुनमा हुने


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ ।

सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा रहेकाले स्थगित परीक्षाबारे निर्णय गर्न आज त्रिवि पदाधिकारीको बैठक बसेको हो ।

‘स्थगित गरिएका लिन बाँकी रहेका सम्पूर्ण परीक्षाहरू फागुन महिनामा सञ्चालन गरेर सक्ने गरी तालिका सार्वजनिक गर्छौं,’ त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बैठकपछि भने ।

कोभिड संक्रमण बढेसँगै त्रिवि, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयले बीचमै परीक्षा स्थगित गरेका थिए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  २ : ३० बजे

हुलाक सेवा विभागले गर्‍यो एकदिने हुलाक टिकट प्रदर्शनीको आयोजना

काठमाडौं– निजामती सेवा दिवस २०८२ को अवसरमा हुलाक सेवा विभागले

एमाले महाधिवेशन : प्रतिवेदन प्रस्तुतीकरण सुरु

गोदावरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रतिवेदन प्रस्तुतीकरण

ओलीको प्रतिवेदन वाचन गर्दै उपमहासचिव ज्ञवाली, यस्तो छ नेपाली विशेषताको समाजवादको अवधारणा

ललितपुर- नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी

तिहारमा पनि दशैँ जस्तै तीन फिल्मको भिडन्त, एकैचोटी दयाहाङका दुई फिल्म

काठमाडौं– तिहार पनि यो फूलपातीमा जस्तै फिल्महरूको भिडन्त देखिने भएको

श्रीलङ्कामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

कोलम्बो- श्रीलङ्कामा हरियो चिया बगान पहाडी सहरहरू भ्रमण गर्ने स्थानीय