३८.५ प्रतिशत रकम खर्चबारे एमसीसी सम्झौता मौनः भीम रावल (भिडियोसहित) « Khabarhub

३८.५ प्रतिशत रकम खर्चबारे एमसीसी सम्झौता मौनः भीम रावल (भिडियोसहित)


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले कुल रकममध्ये ३८ दशमलव पाँच प्रतिशत रकमकाबारे एमसीसी सम्झौता मौन बसेको बताएका छन् ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता राष्ट्रहितविपरीत रहेकाले सदनबाट पारित गर्न नहुने भन्दै सोमबार पत्रकार सम्मेलन गरेर रावलले एमसीसी सम्झौतामा कुल रकमको ३८ दशमलव पाँच प्रतिशत केमा खर्च गर्ने भन्ने उल्लेख नगरेको बताए ।

‘अमेरिकाले सहयोग गर्ने ५० करोड डलर र नेपाल सरकारले हाल्ने १३ करोड रकममध्ये ६१ दशमलव पाँच प्रतिशत रकम सडक र विद्युत् परियोजनामा खर्च गर्ने भनिएको छ,’ उनले भने, ‘बाँकी रकम केमा खर्च गर्ने ? यसबारे केही भनिएको छैन ।’

एमसीसी परियोजनाको रकमको बैंक ब्याजसमेत एमसीसीले लिन पाउने प्रावधान राखिएको भन्दै उनले परियोजनाका विषयमा एमसीसीको एकलौटी निर्णय लागु हुने बताए ।

एमसीसी परियोजनाका विषयमा नेपाल सरकारले कुनै निर्देशनसमेत दिन नपाउने गरी भएको एमसीसी सम्झौता सदनबाट पारित गर्ने र लागु गर्न नहुने नेता रावलको जोड छ ।

एसमीसीले लागु भएमा नेपालले आत्मनिर्णयको अधिकार गुमाउने दाबी गरेका उनले देशमा भएका भ्रष्टाचार र अनियमितता रोक्ने, बेरुजु घटाउँदा एमसीसीबाट प्राप्त हुने रकम देशभित्रबाटै संकलन हुने दाबी गरे ।

सभामुख अग्निप्रसाद सापकोटा, प्रमुख राजनीतिक दलका शीर्ष नेतासहित सबै सांसदहरूलाई एमसीसी पारित गर्न नहुने भन्दै रावलले स्मरणपत्र पठाएको जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ३ : ०० बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद