कर्तव्य ज्यान मुद्दामा पक्राऊ नपरेका प्रतिवादीको सम्पत्ति रोक्का राख्ने आदेश « Khabarhub

कर्तव्य ज्यान मुद्दामा पक्राऊ नपरेका प्रतिवादीको सम्पत्ति रोक्का राख्ने आदेश


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा डेढदर्जन बढी व्यक्तिको सम्पत्ति रोक्का गर्ने आदेश गरेको छ ।

प्रेमबहादुर विकको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी विकी साहसमेत भएको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतले डेढदर्जन बढी व्यक्तिको सम्पत्ति रोक्का राख्न आदेश जारी गरेको हो ।

मधेश आन्दोलनका बेला २०७२ साल भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रहरी सहायक निरीक्षक थमन विकको आन्दोलनकारीद्वारा जलेश्वर नगरपालिका– २ स्थित हटियामा कुटपीट गरी गम्भीर घाइते बनाइएपछि प्रहरीले उद्धार गरी उपचारका लागि जनकपुर लैजाँदै गर्दा महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको घटनामा संलग्न रहेको तर हालसम्म पक्राउ नपरेका १९ जना प्रतिवादीको सम्पत्ति रोक्का राख्नका लागि महोत्तरी जिल्ला अदालतले आदेश जारी गरेको स्रेस्तेदार मदन जयसवालले बताए ।

सहायक निरीक्षक विकको हत्यामा संलग्न रहेको प्रतिवादी कौशलकुमार यादव, चन्देश्वर साह, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रवीन्द्र चमार, रञ्जीत साह, देवेन्द्र चौधरी, रमेशप्रसाद साह, सतिन्द्र चौधरी, फुले यादव, राजा चौधरी, रोहितकुमार शर्मा, लालबाबु बिन, शम्भु साह, देवेन्द्र यादव, अनिल ठाकुर र विकी साहको सम्पति रोक्का राख्न आदेश जारी भएको हो ।

महोत्तरी जिल्ला अदालतको आदेशानुसार उल्लिखित प्रतिवादीको नामको विभिन्न मितिमा म्याद तामेल भइसकेको तर निज प्रतिवादी हालसम्म पक्राउ नपरेको र अदालतमा उपस्थित भएकोसमेत नदेखिएको भन्दै निजको अंश हकमा रहेको अचल सम्पत्ति मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ५८(१५) एवं दफा ६५(१) को खण्ड (ख) अनुसार रोक्का राख्न आदेश दिइएको हो ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : ०० बजे

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको